वि.सं:
नेपाल संवत: ११४५ कौलागा अष्टमी - २३
विगतमा तथ्याङ्क ऐन २०१५ र नियमावली २०४१ मा ब्यवस्था भए बमोजिम केन्द्रीय तथ्याङ्क विभाग राष्ट्रिय योजना आयोगको सचिवालय अन्तर वि.सं. २०१५ साल मार्ग १५ गते स्थापना भएको हो । साविकको केन्द्रीय तथ्याङ्क विभाग तथ्याङ्क ऐन २०७९ बमोजिम वि.सं. २०७९ साल आश्विन २८ गते देखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत राष्ट्रिय तथ्याङ्क कार्यालयमा परिणत भएको छ । ऐन अनुसार राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रमुखको रूपमा संघीय निजामती सेवाको विशिष्ट श्रेणीको प्रमुख तथ्याङ्क अधिकारी रहने व्यवस्था छ । साविकको केन्द्रीय तथ्याङ्क विभाग र हालको राष्ट्रिय तथ्याङ्क कार्यालयको कार्य सम्पादनमा सहयोग पुर्याउने उद्देश्यले वि.सं. २०५० साल श्रावण १ गते देखि पर्सा, बारा र रौतहट जिल्ला कार्य क्षेत्र हुने गरी शाखा तथ्याङ्क कार्यालय पर्साको स्थापना भएकोमा मिति २०७० साल चैत्र १ गते देखि कार्यालयको नाम परिवर्तन भई तथ्याङ्क कार्यालय, पर्सा भएको थियो तथा मिति २०८१ साल साउन १ गते देखि तथ्याङ्क समन्वय कार्यालय पर्सा भएको हो । यस कार्यालयले पर्सा, बारा, रौतहट र सर्लाही जिल्ला कार्य क्षेत्र हुने गरी तथ्याङ्क समन्वय कार्यालय, पर्सा जिल्लाको सदरमुकाम वीरगंज महानगरपालिका वडा नं.-१२, मुर्ली बगैचा स्थित भाडाको भवनमा कार्यालय रहेको छ । तथ्याङ्क समन्वय कार्यालय, पर्साको स्थापना पश्चात स्थानीय स्तरमा राष्ट्रिय तथ्याङ्क कार्यालयबाट सञ्चालन हुने गणना एवं सर्वेक्षणहरुमा संलग्न हुनुको अतिरिक्त तथ्याङ्क समन्वय कार्यालय, पर्साको आफ्नै वार्षिक कार्यक्रम सञ्चालन हुदै आएको छ । जिल्लास्तरमा यस कार्यालयले सेवाग्राहीहरुलाई सर्वसुलभ रुपमा तथ्याङ्क सेवा उपलब्ध गराउदै आएको छ ।